२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

वासिङ्टन- अमेरिकाले एभियन फ्लु खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार उक्त सम्झौता रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ।

बाइडेन प्रशासनले बर्ड फ्लु खोपको विकास र महामारी इन्फ्लुएन्जाका पाँच थप उपप्रकारको क्लिनिकल अध्ययन विस्तार गर्न मोडर्नासँग सम्झौता गरेको थियो। उक्त सम्झौता ट्रम्पले पदभार सम्हाल्नुभन्दा तीन दिनअघि भएको थियो।

विज्ञले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी फर्मास्युटिकल र बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया परीक्षण गर्न डिजाइन गरिएको ३०० व्यक्तिको प्रारम्भिक चरणको क्लिनिकल परीक्षणबाट सकारात्मक परिणाम घोषणा गरेको छ।