२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्दा दुई जनाको मृत्यु

हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्दा दुई जनाको मृत्यु

हङकङहङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एउटा कार्गो विमान रनवे चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

तुर्कीको एसीटी एयरलाइन्सको बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो। चार चालक दलका सदस्यहरू सकुशल उद्धार भएका छन् तर विमानस्थलमा रहेका दुई जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

विमान इमिरेट्स एयरलाइन्सले भाडामा लिएको थियो र त्यसमा कुनै सामान थिएन। दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ।

स्थानीय मिडियाले सार्वजनिक गरेका तस्बिरमा विमानको अगाडिको भाग पानीमाथि र पछिल्लो भाग समुद्रमा डुबेको देखिन्छ।

घटनाबारे अनुसन्धान सुरु गरिएको हङकङ नागरिक उड्डयन विभागले जनाएको छ।