२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता, १ जनाको मात्र जीवित उद्धार

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता, १ जनाको मात्र जीवित उद्धार

न्युयोर्क- भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५० जना बेपत्ता भएका छन्। लिबियाबाट छुटेको उक्त डुङ्गा डुब्दा एक जनालाई मात्र जीवितै उद्धार गर्न सकिएको छ। ती व्यक्ति डुङ्गाको भग्नावशेष समातेर पानीमा तैरिरहेको अवस्थामा भेटिएका थिए।

जीवित उद्धार गरिएका व्यक्तिलाई एक व्यापारी जहाजले माल्टाको अस्पतालमा पुर्‍याएको छ। बेपत्ता ५० जनाको खोजी कार्य भइरहे पनि अवस्था अज्ञात छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) का अनुसार यो वर्षको सुरुमै यो ठुलो दुर्घटना भएको हो। रोजगारी र सुरक्षित भविष्यको खोजीमा जोखिमपूर्ण यात्रा गर्ने क्रममा सन् २०२४ मा मात्रै यो क्षेत्रमा १८७३ जनाले ज्यान गुमाइसकेका छन्।