७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिकामा १६ करोड मानिस चिसोको मारमा: फेरि अर्को भयानक आँधी आउने चेतावनी

अमेरिकामा १६ करोड मानिस चिसोको मारमा: फेरि अर्को भयानक आँधी आउने चेतावनी

न्युयोर्क- अमेरिकामा अत्याधिक चिसो र हिमपातको कहर रोकिएको छैन। मंगलबार बिहानसम्म १६ करोड मानिसहरू ‘अत्यधिक चिसोको चेतावनी’ को घेरामा परेका छन्। हालसालै आएको विशाल हिमआँधीका कारण अहिलेसम्म कम्तीमा २१ जनाको मृत्यु भइसकेको छ। मौसम विभागका अनुसार, यो साताको अन्त्यमा पूर्वी राज्यहरूमा फेरि अर्को “शक्तिशाली हिउँदे आँधी” आउने सम्भावना बढेको छ।

अहिले देशभर ५ लाखभन्दा बढी घरमा बिजुली छैन, जसमध्ये टेनेसी र मिसिसिपी सबैभन्दा बढी प्रभावित छन्। पिट्सबर्गमा २० इन्चभन्दा बढी हिउँ थुप्रिएपछि संकटकाल घोषणा गरिएको छ भने चिसोले हिउँ पन्छाउने ३७ वटा गाडी नै बिग्रिएका छन्। मिसिसिपीका एक स्थानीयले आफ्नो घर वरिपरि ४० वटा रुख ढलेको बताउँदै स्थिति “युद्ध मैदान” जस्तै देखिएको बताए। न्युयोर्कमा चिसोबाट बच्न ५० भन्दा बढी आश्रय स्थल खोलिएका छन् भने लुजियानाको मोनरो सहरमा पानीको पाइपलाइनमा समस्या आएपछि पानी उमालेर मात्र पिउन चेतावनी दिइएको छ। यो चिसोको लहर अर्को हप्ताको मध्यसम्म लम्बिने र दशकौँयताकै लामो हुन सक्ने बताइएको छ।