२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

भारत-  महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा परी दुःखद निधन भएको छ। बुधबार बिहान बारामतीको हवाई पट्टीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो। यो दुर्घटनामा विमानमा सवार कोही पनि जीवित रहन सकेनन्।

विमानमा पवारसँगै उनका २ जना सुरक्षाकर्मी र २ जना चालक दलका सदस्य गरी कुल ५ जना सवार थिए। नागरिक उड्डयन महानिर्देशनालयका अनुसार दुर्घटना लगत्तै एम्बुलेन्स र आपतकालीन टोली घटनास्थल पुगेर उद्धारको प्रयास गरे पनि कसैलाई बचाउन सकिएन। उनी बारामतीमा आयोजना गरिएका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि जाँदै थिए।