२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

क्यारिबियन सागरमा अमेरिकी सेनाको ‘एक्सन’: प्रतिबन्धित तेल बोक्ने जहाज नियन्त्रणमा

क्यारिबियन सागरमा अमेरिकी सेनाको ‘एक्सन’: प्रतिबन्धित तेल बोक्ने जहाज नियन्त्रणमा

वासिङ्टन- अमेरिकाले प्रतिबन्धित तेल ओसारपसार गर्ने एउटा जहाजलाई क्यारिबियन सागरको बिचमै नियन्त्रणमा लिएको छ। रक्षा मन्त्रालयका अधिकारीहरूले जहाजलाई लामो समयदेखि ट्र्याक गरिरहेको र अन्ततः कब्जामा लिएको बताए।

खासमा यो जहाजले भेनेजुएलासँग जोडिएको अमेरिकी प्रतिबन्ध तोडेको आशंका गरिएको छ। रमाइलो कुरा त के छ भने, समात्ने बेला जहाजमा तेल भने थिएन। तैपनि अमेरिकी अधिकारीहरूले नियम उल्लङ्घन गरेको आशंकामा यसबारे थप अनुसन्धान गरिरहेका छन्।

अमेरिकाले भेनेजुएलाको तेल व्यापारमा प्रतिबन्ध लगाएको छ र यो नियम नमान्ने जहाजमाथि कडा निगरानी गरिरहेको छ। सुरक्षा अधिकारीहरूले अबका दिनमा यस्तो चेकजाँच झन् कडा पारिने र अन्तर्राष्ट्रिय नियम नमान्नेलाई नछोडिने बताएका छन्।