२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरानी मिसाइल आक्रमण: इजरायलमा ९ जनाको ज्यान गयो, कुवेत र यूएईमा पनि क्षति

इरानी मिसाइल आक्रमण: इजरायलमा ९ जनाको ज्यान गयो, कुवेत र यूएईमा पनि क्षति

न्युयोर्क- इरानले प्रहार गरेको मिसाइल लागेर इजरायलको बेत शेमेश सहरमा ९ जनाको ज्यान गएको छ। मिसाइल मानिसहरु बस्ने आवासीय क्षेत्रमा खसेको थियो। यो घटनामा २७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

यसैगरी, खाडी क्षेत्रमा भइरहेको तनावको असर कुवेतमा पनि परेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले त्यहाँ एक जनाको ज्यान गएको र ३२ जना घाइते भएको बताएको छ। घाइतेहरुको अल–अदान अस्पतालमा उपचार भइरहेको छ।

अमेरिका र इजरायलले गरेको आक्रमणको बदला लिन इरानले यी आक्रमणहरु गरेको हो। इरानको मिसाइल आक्रमणमा परेर यूएईमा पनि कम्तीमा तीन जनाको मृत्यु भएको छ। त्यहाँ अरु ५८ जना घाइते भएका छन्।