२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरान युद्धमा ६ दिनमै अमेरिकाको ११ खर्बभन्दा बढी खर्च

इरान युद्धमा ६ दिनमै अमेरिकाको ११ खर्बभन्दा बढी खर्च

न्युयोर्क- अमेरिका र इरानबीचको युद्धमा ६ दिनमै अमेरिकाले ११.३ अर्ब डलर (करिब १५ खर्ब नेपाली रुपैयाँ) खर्च गरेको छ। यो रकम नेपालको झण्डै एक वर्षको कुल बजेट बराबर हो।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार युद्धको सुरुवाती चरणमै अत्याधुनिक मिसाइल, बम र हवाई आक्रमणमा ठूलो धनराशिको खर्च भएको छ। विशेषगरी इरानका सैन्य अड्डा र मिसाइल केन्द्रहरूलाई लक्षित गर्दा खर्च ह्वात्तै बढेको हो। अहिले अमेरिकाले युद्धमा दैनिक औसत १ अर्ब डलरभन्दा बढी खर्च गरिरहेको छ।

युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेपछि अमेरिकाले आफ्नो भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको छ। यति ठूलो आर्थिक भार परेपछि अमेरिकी संसद्‌मा समेत युद्धको खर्च र रणनीतिको विषयमा बहस सुरु भएको छ।