२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरानको ग्यास पूर्वाधारमा अमेरिका र इजरायलको आक्रमण, आंशिक क्षति

इरानको ग्यास पूर्वाधारमा अमेरिका र इजरायलको आक्रमण, आंशिक क्षति

न्युयोर्क- अमेरिका र इजरायलले इरानका दुईवटा ग्यास केन्द्र र पाइपलाइनमा संयुक्त आक्रमण गरेका छन्। इरानी सञ्चारमाध्यम फार्सका अनुसार मध्य इरानको इस्फहानमा रहेको ग्यास प्रशासन भवन र ग्यासको चाप नियन्त्रण गर्ने केन्द्रमा आंशिक क्षति पुगेको छ। त्यस्तै, दक्षिणपश्चिममा रहेको खुर्रमसहर विद्युत् केन्द्रको ग्यास पाइपलाइनलाई पनि निसाना बनाइएको छ।

आक्रमण भए पनि ग्यास आपूर्तिमा कुनै समस्या नआएको र पूर्वाधारहरू सामान्य रूपमै चलिरहेको स्थानीय गभर्नरले बताएका छन्। इरानी सञ्चारमाध्यमले यस घटनालाई अमेरिका र इजरायलले गरिरहेको निरन्तर आक्रमणकै एउटा हिस्सा भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएका थिए। तर, सोमबार उनले अचानक कुरा फेर्दै ‘सबै कुरा धेरै राम्रो भइरहेको’ बताएका थिए। यता इरानी सञ्चारमाध्यमले भने युद्ध रोकिने वा वार्ता हुने कुनै सङ्केत नभएको दाबी गरेका छन्। यो आक्रमणलाई इरानको ग्यास आपूर्तिमा दबाब बढाउने रणनीतिका रूपमा हेरिएको छ।