२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इराकमा हवाई आक्रमण: १५ हसद अल-शाबी र ६ पेसमार्गा लडाकु मारिए

इराकमा हवाई आक्रमण: १५ हसद अल-शाबी र ६ पेसमार्गा लडाकु मारिए

न्युयोर्क- इराकमा भएको हवाई आक्रमणमा इरान समर्थित हसद अल-शाबी गठबन्धनका १५ जना लडाकु मारिएका छन्। हसद अल-शाबीले आफ्ना लडाकु मारिएको घटनामा अमेरिका र इजरायलले मिलेर आक्रमण गरेको आरोप लगाएको छ। गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्ध अब इराकसम्म फैलिएको छ।

यसैगरी, इराककै स्वायत्त कुर्दिस्तान क्षेत्रमा भएको मिसाइल आक्रमणमा ६ जना पेसमार्गा लडाकु मारिएका छन् भने ३० जना घाइते भएका छन्। कुर्द अधिकारीहरूका अनुसार ६ वटा इरानी मिसाइलले उनीहरूलाई निसाना बनाएको थियो। इराकी अधिकारीहरूले यसलाई ‘शत्रुतापूर्ण’ कार्य भन्दै आक्रमणमा इरानको हात रहेको बताएका छन्। तर, अमेरिका र इरान दुवैले यस विषयमा केही प्रतिक्रिया दिएका छैनन्।

पछिल्लो समय इरान समर्थित समूहहरूले इराक र अन्य क्षेत्रमा रहेका अमेरिकी लक्ष्यमा आक्रमण गर्दै आएका छन् भने अमेरिका र इजरायलले उनीहरूलाई निसाना बनाइरहेका छन्। कुर्दहरू यो युद्धमा कतै नलागी तटस्थ बस्न खोजे पनि इराकको समग्र सुरक्षा अवस्था भने बिग्रँदै गएको विशेषज्ञहरूले बताएका छन्।