२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

थाइल्याण्डद्वारा हर्मुज जलसन्धिमा तेल ट्याङ्करको सुरक्षा सुनिश्चित

थाइल्याण्डद्वारा हर्मुज जलसन्धिमा तेल ट्याङ्करको सुरक्षा सुनिश्चित

बैंकक– थाइल्याण्डले मध्यपूर्वको तनावका बीच हर्मुज जलसन्धि भएर आउने आफ्ना तेल ट्याङ्करहरूको सुरक्षा सुनिश्चित गरेको छ। क्षेत्रीय साझेदारहरूसँगको निरन्तर कूटनीतिक प्रयासपछि थाइल्याण्ड आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा आउजाउ गराउन सफल भएको हो।

गत मार्च ११ मा हर्मुज जलसन्धि पार गर्दै गरेको थाइल्याण्डको कार्गो जहाज ‘मयूरी नारी’ माथि आक्रमण भएको थियो। उक्त घटनामा चालक दलका तीन सदस्य बेपत्ता भएका थिए। त्यसलगत्तै थाइल्याण्डले कूटनीतिक पहल सुरु गर्दै आफ्ना जहाजहरू कुनै पनि क्षेत्रीय द्वन्द्वमा संलग्न नरहेको प्रष्ट पारेको थियो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनुतिन चर्नविराकुलले विश्वव्यापी ऊर्जा संकट बढिरहेका बेला सरकारले ऊर्जा सुरक्षालाई प्राथमिकता दिएको बताए। उनले थाइल्याण्डको ऊर्जा आपूर्तिमा अवरोध आउन नदिन सरकारले विशेष ध्यान दिइरहेको जानकारी दिए। यो सफलतासँगै थाइल्याण्डमा हुन सक्ने सम्भावित इन्धन अभावको चिन्ता तत्कालका लागि टरेको छ।