२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना: युक्रेनले माग्यो माफी

फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना: युक्रेनले माग्यो माफी

किएभ— दक्षिणी फिनल्याण्डमा दुईवटा युक्रेनी ड्रोन दुर्घटना भएपछि युक्रेनले औपचारिक रूपमा माफी मागेको छ। युक्रेनी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यो घटना अन्जानमा भएको स्पष्ट पारेको छ।

रुसले युक्रेनी सैन्य अखडा र ब्यारेजहरूमा सयौँ ड्रोनबाट आक्रमण गरेपछि जवाफी कारबाही गर्ने क्रममा ती ड्रोनहरू फिनल्याण्ड पुगेका थिए। युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीका अनुसार कुनै पनि ड्रोन फिनल्याण्डतर्फ लक्षित थिएनन्। रुसी इलेक्ट्रोनिक युद्ध प्रणालीको अवरोधका कारण ड्रोनले बाटो बिराएको हुनसक्ने युक्रेनको दाबी छ।

युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिकै रहेका रुसी बन्दरगाहहरूमा पटक-पटक आक्रमण गरेको थियो। यसै क्रममा आइतबार फिनल्याण्डले आफ्नो आकाशमा शंकास्पद उडान देखिएपछि एफ/ए-१८ हर्नेट लडाकू विमानहरू परिचालन गरेको थियो।

फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार एउटा ड्रोन कोउभोला सहरको उत्तरमा र अर्को पूर्वमा खसेको छ। युक्रेनले यस घटनाप्रति दुःख व्यक्त गर्दै हेलसिन्कीसँग क्षमा याचना गरेको हो।