२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

हर्मज जलसन्धि खुलाउन ३० देशको बैठक, अमेरिका नजाने

हर्मज जलसन्धि खुलाउन ३० देशको बैठक, अमेरिका नजाने

न्युयोर्क- विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने हर्मज जलसन्धि खुलाउने विषयमा छलफल गर्न बेलायतले आज ३० देशको भिडियो बैठक गर्दैछ। अमेरिका र इजरायलसँग इरानको युद्ध चर्किएपछि इरानी सेनाले व्यावसायिक जहाजहरूमा आक्रमण गर्दा यो महत्त्वपूर्ण बाटो बन्द छ।

बेलायती विदेशमन्त्री इभेट कपुरको अध्यक्षतामा बस्ने बैठकमा जलसन्धि सुरक्षित बनाउने उपायबारे छलफल हुनेछ। तर यो बैठकमा अमेरिका सहभागी हुने छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशलाई हिम्मत जुटाएर जलसन्धि आफैँ खुलाउन चुनौती दिएका छन्।

बैठकमा फ्रान्स, जर्मनी, जापान र अष्ट्रेलियालगायत देशले इरानलाई व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गर्ने अपेक्षा छ।