२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

भारतमा व्यावसायिक ग्यासको मूल्य बढ्यो, घरायसी ग्यासको भाउ भने उस्तै

भारतमा व्यावसायिक ग्यासको मूल्य बढ्यो, घरायसी ग्यासको भाउ भने उस्तै

न्युयोर्क- मध्यपूर्वको द्वन्द्वका कारण विश्वभर तेलको मूल्य बढेसँगै भारतले व्यावसायिक रूपमा प्रयोग हुने खाना पकाउने ग्यासको मूल्य बढाएको छ। बुधबारदेखि लागू हुने गरी १९ किलोको व्यावसायिक ग्यास सिलिन्डरमा १९५ रुपैयाँ ५० पैसा (भारतीय रुपैयाँ) वृद्धि गरिएको हो।

होटल तथा रेस्टुरेन्टमा प्रयोग हुने यो ग्यासको मूल्य बढेपछि नयाँ दिल्ली र यसको वरपरका क्षेत्रमा यसको भाउ २ हजार ७८ रुपैयाँ ५० पैसा पुगेको छ। तर, घरमा प्रयोग हुने १४ दशमलव २ किलोको ग्यासको मूल्य भने पुरानै ९ सय १३ रुपैयाँमै यथावत् छ।

भारतको केन्द्र सरकारले मध्यपूर्वको अवस्थालाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन नदिन विभिन्न कदम चालिरहेको बताएको छ। देश भित्रको माग धान्न प्रशोधन केन्द्रहरूबाट घरायसी ग्यासको उत्पादन बढाइएको पनि सरकारले उल्लेख गरेको छ।