२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इण्डोनेसियामा शक्तिशाली भूकम्प: घर भत्किँदा एक वृद्धाको मृत्यु

इण्डोनेसियामा शक्तिशाली भूकम्प: घर भत्किँदा एक वृद्धाको मृत्यु

न्युयोर्क- बिहीबार पूर्वी इण्डोनेसियाको मालुकु क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले घर भत्किँदा उत्तर सुलावेसीकी ७० वर्षीया एक महिलाको ज्यान गएको छ।

स्थानीय उद्धार टोलीका अनुसार भग्नावशेषले थिचिएर ती महिलाको मृत्यु भएको हो। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले भूकम्पको केन्द्रविन्दु बिटुङ सहर नजिकैको समुद्री क्षेत्रमा रहेको बताएको छ।

बिटुङ र त्यस वरपरका क्षेत्रमा १० देखि २० सेकेन्डसम्म निकै कडा धक्का महसुस गरिएको थियो। भूकम्पको डरले आत्तिएका मानिसहरू ज्यान जोगाउन घरबाहिर निस्किएका थिए। भूकम्पले गर्दा त्यहाँ भौतिक क्षति पनि भएको अधिकारीहरूले बताएका छन्।