२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बुद्ध स्तुपा उद्घाटन

बुद्ध स्तुपा उद्घाटन

न्युयोर्क – अमेरिकाको न्युजर्सीमा नेपालीहरूले बनाउँदै गरेको बुद्ध स्तुपानवौँ विश्व नेवा दिवसको अवसरमा नेवा कला र संस्कृतिअनुसार उद्घाटन गरिएको छ।

उक्त कार्यको मुख्य संयोजक फ्रेन्ड अफ नेपालका अध्यक्ष तथा समाजसेवी डा. तुलसी महर्जन रहेका छन्। बुद्ध मूर्ति तथा स्तूपको गजुरलगायतका सामग्रीका लागि समाजसेवी दिल श्रेष्ठ र ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्।

कार्यक्रममा न्युजर्सीमा रहेका कलाकार तथा न्युयोर्कबाट नेवा गुठी न्युयोर्कका कलाकारहरूले धिमे बाजा बजाउनुका साथै संयुक्त नृत्य प्रस्तुत गरेका थिए।

सयौँ भक्तजन उपस्थित सो कार्यक्रममा लाखबत्ती बाली कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेवा समयबजी प्रसाद वितरण गरिएको थियो।

कार्यक्रमका संयोजक वरिष्ठ कलाकार तथा वर्ल्ड नेवा अर्गनाइजेसन फ्रन्टका कल्चरल एम्बेसडर कविना महर्जनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।