दुबई आक्रमणमा घाइते सातै नेपाली खतरामुक्त, छ जना काममा फर्किए
- २१ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका सात जना नेपाली अहिले खतरामुक्त छन्। परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये छ जना उपचारपछि काममा फर्किसकेका छन् भने बाँकी एक जनाको अस्पतालमा उपचार भइरहेको छ। उपचार गराइरहेका ती नेपाली पनि खतरामुक्त रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए।
पश्चिम एसियामा बढेको द्वन्द्वलाई ध्यानमा राखेर बिदाको दिनमा पनि अधिकारीहरूले घटनाको जानकारी संकलन गरिरहेको क्षेत्रीले जानकारी दिए। दुबईमा रहेको नेपाली दूतावासले घाइतेहरूसँग निरन्तर सम्पर्क गरिरहेको बताएको छ। अस्पतालबाट फर्किएकामध्ये चार जनालाई दूतावासका अधिकारीले प्रत्यक्ष भेटेका छन्। कुनै समस्या पर्दा मन्त्रालय वा दूतावासमा सम्पर्क गर्न सरकारले सबैलाई आग्रह गरेको छ।