२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चन्द्रमातर्फ जाँदै गरेका अन्तरिक्षयात्रीले खिचे पृथ्वीको तस्बिर

चन्द्रमातर्फ जाँदै गरेका अन्तरिक्षयात्रीले खिचे पृथ्वीको तस्बिर

न्युयोर्क- नासाको ‘आर्टेमिस-२’ मिसनअन्तर्गत चन्द्रमातर्फ गइरहेका अन्तरिक्षयात्रीले अन्तरिक्षबाट पृथ्वीको तस्बिर खिचेका छन्। मिसनका कमान्डर रिड वाइजम्यानले पृथ्वीबाट डेढ लाख किलोमिटर टाढाबाट उक्त तस्बिर कैद गरेका हुन्।

नासाले जनाएअनुसार तीन अमेरिकी र एक क्यानेडियन नागरिकसहितको यो टोली अहिले १ लाख ८० हजार किलोमिटर पार गर्दै आधा बाटोमा पुगेको छ। अब बाँकी २ लाख ४० हजार किलोमिटर यात्रा पूरा गरेपछि उनीहरू आउँदो अप्रिल ६ तारिखमा चन्द्रमा नजिक पुग्नेछन्।

सन् १९७२ पछि पहिलोपटक मानिसलाई चन्द्रमातर्फ पठाइएको हो। तर, यस मिसनमा गएका अन्तरिक्षयात्रीहरू चन्द्रमाको सतहमा भने ओर्लिने छैनन्।