२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

लेबनानको मस्जिदमा इजरायलको हवाई आक्रमण, ठूलो क्षति

लेबनानको मस्जिदमा इजरायलको हवाई आक्रमण, ठूलो क्षति

न्युयोर्क- इजरायल र हिजबुल्लाहबीचको तनाव बढ्दै जाँदा लेबनानको बेका उपत्यकाको सोहमोर सहरमा रहेको एउटा मस्जिदमा इजरायलले हवाई आक्रमण गरेको छ।

आक्रमणबाट मस्जिद र वरपरको क्षेत्रमा ठूलो क्षति पुगेको छ। घटनास्थलमा भग्नावशेष, फुटेका सिसा र भुइँमा रगत देखिएकाले मानिसहरूको ज्यान गएको वा घाइते भएको अनुमान गरिएको छ। तर, कति जना हताहत भए भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

लेबनान र इजरायलको सिमानामा लगातार गोलाबारी र हिंसा भइरहेको छ। लेबनानको स्वास्थ्य केन्द्रले दिएको जानकारीअनुसार गत मार्च २ तारिखदेखि यता ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २२ पुगेको छ भने ४ हजार २ सय ९४ जना घाइते भएका छन्।