२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरानको विद्यालय आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा

इरानको विद्यालय आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा

न्युयोर्क- दक्षिणी इरानको मिनाब प्राथमिक विद्यालयमा भएको अमेरिकी-इजरायली बमबारीमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार एक शोक सभा आयोजना गरिएको छ।

गत फेब्रुअरी २८ मा उक्त विद्यालयमा भएको आक्रमणमा १७५ भन्दा बढी मानिसको ज्यान गएको थियो। ज्यान गुमाउनेमा अधिकांश बालबालिका थिए।

तेहरानको सिटी थिएटरमा भेला भएका अधिकारी, कलाकार र सर्वसाधारणले घटनाको कडा विरोध गरेका छन्। उनीहरूले शैक्षिक संस्थामाथि आक्रमण गर्ने कामको निन्दा गर्दै दोषीलाई अन्तर्राष्ट्रिय स्तरमै कारबाही हुनुपर्ने माग राखेका छन्।