२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

तेल ट्याङ्करसँग शुल्क नउठाउन इरानलाई ट्रम्पको चेतावनी

तेल ट्याङ्करसँग शुल्क नउठाउन इरानलाई ट्रम्पको चेतावनी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई हर्मुज जलडमरुमध्यबाट जाने तेल ट्याङ्करसँग शुल्क नउठाउन चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै इरानले ट्याङ्करहरूसँग शुल्क लिइरहेको खबर आएको र त्यसो नगर्नु नै उनीहरूका लागि राम्रो हुने बताए। यदि इरानले शुल्क उठाइरहेको छ भने तत्काल रोक्नुपर्ने उनको भनाइ छ।

यसअघि बुधबार ट्रम्पले एबीसी न्युजसँग कुरा गर्दै विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने यस महत्वपूर्ण जलमार्गमा शुल्क उठाउन इरानसँग मिलेर काम गर्नेबारे विचार गरिरहेको बताएका थिए। उनले यो प्रस्तावलाई एउटा सुन्दर पक्ष भनेका थिए।

‘द वाल स्ट्रिट जर्नल’को रिपोर्ट अनुसार इरानले सो जलमार्ग भएर जाने तेल ट्याङ्करहरूसँग प्रति ब्यारेल १ डलर शुल्क मागिरहेको छ। अहिले उक्त जलमार्गमा जहाजको आउजाउ निकै कम छ।