२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका र इरान वार्ता विना निष्कर्ष टुङ्गियो

अमेरिका र इरान वार्ता विना निष्कर्ष टुङ्गियो

न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इस्लामावादमा भएको अमेरिका र इरानबीचको पछिल्लो वार्तामा कुनै सहमति हुन नसकेको बताएका छन्। लामो समयको बाक्लो छलफलपछि पनि वार्ता कुनै ठोस उपलब्धि विना नै टुङ्गिएको हो।

भेन्सका अनुसार अमेरिकी पक्षले झण्डै एक दिन लामो निरन्तर कुराकानीपछि आफ्नो अन्तिम र उत्कृष्ट प्रस्ताव अघि सारेको थियो। उनले दुई देशबीचको छलफल सद्भावपूर्ण वातावरणमा भए पनि अमेरिकाको प्रस्तावले अझै स्वीकृति नपाएको बताए।