२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

गाजाको प्रहरी चेकपोस्टमा इजरायली आक्रमण, ६ जनाको मृत्यु

गाजाको प्रहरी चेकपोस्टमा इजरायली आक्रमण, ६ जनाको मृत्यु

न्युयोर्क- मध्य गाजाको बुरीज शरणार्थी शिविरमा रहेको प्रहरी चेकपोस्टमा शनिबार इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ। अल–अक्सा अस्पतालका अनुसार आक्रमणमा मारिएका ६ जनाको शव र केही घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल ल्याइएको छ।

यस घटनाको बारेमा इजरायली सेना वा हमासले अहिलेसम्म कुनै आधिकारिक भनाइ राखेका छैनन्। पछिल्लो समय हमासले गाजामा आफ्ना सुरक्षा कार्यालयहरू मर्मत गरेर र नयाँ चेकपोस्ट राखेर गतिविधि बढाउन थालेको छ। यसको जवाफमा इजरायली सेनाले गाजाका विभिन्न ठाउँमा रहेका चेकपोस्ट र प्रहरीका गाडीहरूमा निरन्तर आक्रमण गर्दै आएको छ।

अक्टोबर २०२५ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भए पनि इजरायलले सम्भावित खतरालाई रोक्न भन्दै यस्ता कारबाही गरिरहेको दाबी गरेको छ।