२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

ट्रम्प भन्छन्- वार्ताको परिणामले चिन्ता छैन, युद्ध हामी नै जित्छौं

ट्रम्प भन्छन्- वार्ताको परिणामले चिन्ता छैन, युद्ध हामी नै जित्छौं

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका र इरानबीचको वार्ताको नतिजालाई लिएर आफू चिन्तित नभएको बताएका छन्। ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धमा अमेरिका अगाडि रहेको र इरानलाई जसरी पनि जित्ने दाबी गरे।

इरानको नौसेनासँग भएका १५८ वटा जहाज र २८ वटा माइन ड्रपर सबै डुबिसकेको ट्रम्पले बताए। पानीमा केही माइनहरू मात्र बाँकी हुन सक्ने बताउँदै उनले त्यसलाई पन्छाउन अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको जानकारी दिए।