२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका-इरान वार्तामा जिम्मेवार बन्न रुसको आग्रह

अमेरिका-इरान वार्तामा जिम्मेवार बन्न रुसको आग्रह

न्युयोर्क- रुसले शुक्रबार अमेरिका र इरानलाई वार्तामा जिम्मेवार बन्न र शान्ति बिथोल्ने काम नगर्न आग्रह गरेको छ। रुसी विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै फारसको खाडीमा रहेको तनाव सुल्झाउने राम्रो अवसर आएको बताएको छ।

धेरैजसो देशले यो प्रक्रियालाई समर्थन गर्दै इस्लामावाद वार्ता सफल हुने आशा गरेको रुसले जनाएको छ। उसले शान्ति प्रक्रियामा तगारो हाल्ने शक्तिहरूलाई कडा चेतावनी पनि दिएको छ। विशेषगरी इरानलाई उक्साउने र हर्मुज जलसन्धिमा जहाज ढुवानीमा अवरोध ल्याएर तेहरानलाई दोष लगाउने पक्षलाई रुसले सचेत गराएको छ।

अहिले द्वन्द्वको मुख्य कारण खोजेर त्यसलाई समाधान गर्नु नै पहिलो प्राथमिकता भएको रुसको भनाइ छ। साथै, रुसले अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न र लेबनान सीमामा भइरहेका भिडन्त तथा हवाई आक्रमण तत्काल रोक्न आह्वान गरेको छ।