२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका र इरानबिच पाकिस्तानमा फेरि वार्ता हुने संकेत

अमेरिका र इरानबिच पाकिस्तानमा फेरि वार्ता हुने संकेत

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै वार्ता हुने संकेत गरेका छन्। न्यु योर्क पोस्टसँग कुरा गर्दै उनले आगामी दुई दिनभित्र पाकिस्तानमा यो वार्ता सुरु हुन सक्ने बताएका हुन्। ट्रम्पले आफूहरू वार्ताका लागि पाकिस्तान जान इच्छुक रहेको पनि स्पष्ट पारे।

यसअघि शनिबार पाकिस्तानको इस्लामाबादमा दुई देशबिच २१ घण्टा लामो छलफल भएको थियो। उक्त वार्तामा अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्स र इरानबाट सभामुख मोहम्मद बाकर कालिबाफ सहभागी थिए। लामो समय वार्ता भए पनि त्यतिबेला कुनै निष्कर्ष भने निस्किएको थिएन।

यता इरानी सरकारी सञ्चारमाध्यमले भने पाकिस्तानसँग सन्देश आदानप्रदान भइरहेको बताएका छन्। तर, अमेरिकासँग हुने भनिएको नयाँ वार्ताबारे भने आफूहरूलाई कुनै जानकारी नभएको उनले उल्लेख गरेका छन्।