६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आप्रवासीको मृत्यु र क्युबाको विषयमा ट्रम्पलाई मेक्सिकोको कडा जवाफ

आप्रवासीको मृत्यु र क्युबाको विषयमा ट्रम्पलाई मेक्सिकोको कडा जवाफ

न्युयोर्क- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेकी छिन्। आप्रवासीहरूको मृत्यु र क्युबासँगको सम्बन्धलाई लिएर उनले ट्रम्पलाई कडा जवाफ फर्काएकी हुन्।

मेक्सिको सिटीमा भएको पत्रकार सम्मेलनमा सेनवामले सीमा क्षेत्रमा भइरहेका मानवीय संकटका लागि अमेरिकी नीतिहरू नै जिम्मेवार रहेको संकेत गरिन्। उनले क्युबाको विषयमा पनि मेक्सिकोको आफ्नै स्वतन्त्र अडान रहेको बताइन्। ट्रम्पले लिएका कडा नीतिहरूका कारण आप्रवासीहरूले ज्यान गुमाउनु परेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

पछिल्लो समय अमेरिका र मेक्सिकोबिच सीमा सुरक्षा र क्षेत्रीय राजनीतिको विषयमा विवाद बढ्दै गएको छ। सेनवामले मेक्सिको कसैको दबाबमा नपर्ने र आफ्नो छिमेकीहरूसँगको सम्बन्ध आफ्नै हिसाबले अघि बढाउने स्पष्ट पारेकी छिन्।