२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

दिल्ली विमानस्थलमा दुईवटा जहाज एकआपसमा ठोक्किए: सबै यात्रु सुरक्षित

दिल्ली विमानस्थलमा दुईवटा जहाज एकआपसमा ठोक्किए: सबै यात्रु सुरक्षित

दिल्ली- भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दुईवटा जहाज एकआपसमा ठोक्किए। स्पाइसजेट र अकासा एयरका जहाज ठोक्किए पनि ठूलो दुर्घटना भने टरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, धावनमार्गमा जाँदै गरेको स्पाइसजेटको जहाज पार्किङमा रहेको अकासा एयरको जहाजसँग ठोक्किएको थियो। स्पाइसजेटको दायाँ पखेटाले अकासा एयरको जहाजमा क्षति पुर्‍याएको छ। घटनामा दुवै जहाजमा क्षति पुगे पनि सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको अधिकारीहरूले बताए।

अकासा एयरको जहाज दिल्लीबाट हैदराबाद जान लागेको थियो। दुर्घटनापछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। अहिले प्राविधिक टोलीले क्षतिको मूल्याङ्कन र अनुसन्धान गरिरहेका छन्। अकासा एयरले आफ्ना यात्रुलाई हैदराबाद पठाउन अर्को उडानको व्यवस्था गरिरहेको बतायो।