२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिका-इरान शान्ति सम्झौता भए पाकिस्तान जाने ट्रम्पको भनाइ

अमेरिका-इरान शान्ति सम्झौता भए पाकिस्तान जाने ट्रम्पको भनाइ

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भए आफू पाकिस्तान जाने विचार गरेको बताएका छन्। बिहीबार उनले इस्लामावादमा सम्झौतामा हस्ताक्षर भए आफू यसै सप्ताहन्तमा त्यहाँ जान सक्ने बताए।

ट्रम्पले इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो रहेको दाबी गरे। उनले अर्को हप्ता सकिन लागेको दुई हप्ते युद्धविराम लम्ब्याउन आवश्यक नपर्ने पनि प्रस्ट पारे। यसैबीच, इरानले युरेनियम संवर्धन रोक्न अमेरिकाले २० वर्षको समयसीमा राखेको भन्ने कुरालाई पनि उनले खारेज गरिदिए।

अमेरिकाले बी-टु बमवर्षक विमानबाट आक्रमण गरेपछि इरानले जमिनमुनि रहेको ‘आणविक धुलो’ अर्थात् संवर्धित युरेनियम फिर्ता दिन सहमति जनाएको ट्रम्पले दाबी गरे। तर, यदि वार्ता असफल भए फेरि इरानमाथि बमबारी सुरु गर्ने चेतावनी भने उनले दोहोर्‍याए।