विश्व समुदायलाई शक्तिको सट्टा कानुनको शासन रोज्न गुटेरेसको आग्रह
- ०६ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायलाई बल प्रयोगको सट्टा कानुनको शासन रोज्न आग्रह गरेका छन्। नेदरल्यान्ड्सको द हेगमा बोल्दै उनले यस्तो बताएका हुन्।
अन्तर्राष्ट्रिय न्यायालयको ८० औं वार्षिकोत्सवको अवसरमा महासचिव गुटेरेसले हाम्रै आँखा अगाडि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहेको बताए।
उनले अन्तर्राष्ट्रिय कानुनलाई कमजोर बनाउँदा विश्वव्यापी शान्ति र स्थिरताको जग नै खतरामा पर्न सक्ने भन्दै सबैलाई चेतावनी समेत दिएका छन्।