२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

समुद्री मार्ग खुला राख्न टर्कीका राष्ट्रपतिको जोड, जलमार्ग बन्द गर्ने इरानको चेतावनी

समुद्री मार्ग खुला राख्न टर्कीका राष्ट्रपतिको जोड, जलमार्ग बन्द गर्ने इरानको चेतावनी

न्युयोर्क- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले खाडी देशहरूको खुला समुद्रमा पुग्ने अधिकार रोक्न नहुने बताए। उनले व्यापारिक जहाजका लागि होर्मुज जलमार्ग सधैँ खुला राख्नुपर्नेमा जोड दिए।

एन्टाल्यामा भएको कूटनीतिक कार्यक्रमको उद्घाटन गर्दै उनले युद्धविरामले ल्याएको अवसरलाई स्थायी शान्ति स्थापनामा लगाउन आग्रह गरे। टर्कीको परराष्ट्र मन्त्रालयले आयोजना गरेको यो कार्यक्रममा विभिन्न देशका नेता, कूटनीतिज्ञ र विज्ञहरू सहभागी छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी समुद्री नाकाबन्दी पूर्ण रूपमा लागू हुने बताए। अमेरिकाको यो भनाइपछि इरानले नाकाबन्दी जारी रहे जलमार्ग फेरि बन्द गरिदिने चेतावनी दिएको छ।