२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरानलाई ट्रम्पको धम्की: बुधबारसम्म सहमति नभए बमबारी गर्ने

इरानलाई ट्रम्पको धम्की: बुधबारसम्म सहमति नभए बमबारी गर्ने

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारसम्म सम्झौता नभए इरानमाथि ठूलो बमबारी सुरु गर्ने चेतावनी दिएका छन्। दुई हप्ता लामो युद्धविराम अप्रिल २२ (बुधबार) सकिँदै छ। सम्झौता नभए तत्कालै लडाइँ सुरु हुने उनले बताए।

ट्रम्पले इरानलाई सम्झौताका लागि दबाब दिए पनि आफूले हतारमा कुनै खराब सम्झौता नगर्ने प्रस्ट पारेका छन्। पाकिस्तानको इस्लामाबादमा हुने भनिएको शान्ति वार्तालाई इरानले अस्वीकार गरिसकेको छ। तर, ट्रम्पले युद्ध अन्त्य गर्न इरानका नयाँ नेताहरुलाई प्रत्यक्ष भेट्न तयार रहेको बताए।

आफू इजरायलको कारणले मात्र नभई अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण युद्धमा होमिएको ट्रम्पले खुलाए। इरानले कुनै पनि हालतमा परमाणु हतियार पाउनु हुँदैन भन्ने उनको अडान छ। इरानका नयाँ नेताहरु समझदार भए त्यहाँको भविष्य राम्रो हुने उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसैबीच, पाकिस्तानका सेना प्रमुख असिम मुनिरले ट्रम्पलाई फोन गरेर अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दीले वार्तामा ठूलो बाधा पुगेको बताएका छन्। मुनिर भर्खरै इरान पुगेर त्यहाँका नेताहरुलाई भेटेर फर्किएका हुन्। इरानले भने आफ्नो राष्ट्रिय हितलाई अघि सारेको छ। अमेरिकी टोली वार्ताका लागि इस्लामाबाद पुग्ने भनिए पनि इरानी टोली आउने विषय अझै अनिश्चित छ।