२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इस्लामावाद वार्ताको तयारी पूरा, पाकिस्तानले दियो अमेरिका र इरानलाई सुरक्षाको विश्वास

इस्लामावाद वार्ताको तयारी पूरा, पाकिस्तानले दियो अमेरिका र इरानलाई सुरक्षाको विश्वास

न्युयोर्क- पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सोमबार इरानी राजदूत रजा अमिरी मोघदामलाई भेटेर इस्लामावादमा हुने दोस्रो चरणको वार्ताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

गृहमन्त्री नकवीले वार्तामा आउने विदेशी टोलीका लागि अत्यन्तै कडा सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले कुराकानीबाटै विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा दिगो शान्ति आवश्यक रहेको औँल्याए। भेटमा इरानी राजदूतले तनाव कम गर्न र वार्ताको वातावरण बनाउन पाकिस्तानले खेलेको भूमिकाको तारिफ गरे।

सोमबार नै गृहमन्त्री नकवी इस्लामावादमा रहेको अमेरिकी दूतावास पनि पुगेका थिए। त्यहाँ उनले दोस्रो चरणको वार्ताको लागि गरिएको सुरक्षा व्यवस्थाबारे अमेरिकी अधिकारीहरूलाई जानकारी गराए।