२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

ओमानको खाडीमा अमेरिकाले नियन्त्रणमा लियो इरानी पानीजहाज

ओमानको खाडीमा अमेरिकाले नियन्त्रणमा लियो इरानी पानीजहाज

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा अमेरिकी सेनाले एउटा इरानी सामान बोक्ने पानीजहाज नियन्त्रणमा लिएको बताएका छन्। नाकाबन्दी तोड्न खोजेपछि उक्त जहाजलाई कब्जामा लिइएको उनले जानकारी दिए।

ट्रम्पका अनुसार ‘टुस्का’ नामको करिब ९ सय फिट लामो उक्त जहाजले अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गरेको थियो। चेतावनी नमानेपछि अमेरिकी युद्धपोतबाट जहाजको इन्जिन कोठामा प्वाल पारेर त्यसलाई रोकिएको थियो। अहिले उक्त जहाज अमेरिकी सैनिक (मरीन) को नियन्त्रणमा रहेको ट्रम्पले प्रस्ट पारे।

यस घटनाको बदला लिँदै इरानले पनि अमेरिकी जहाजहरूमाथि आक्रमण गरेको खबर बाहिरिएको छ।