२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ट्रम्प प्रशासनको नयाँ नियम: पक्राउमा कडाइ, घरभित्र पस्न वारेन्ट अनिवार्य

ट्रम्प प्रशासनको नयाँ नियम: पक्राउमा कडाइ, घरभित्र पस्न वारेन्ट अनिवार्य
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना केही कडा अध्यागमन नीतिहरूमा परिवर्तन गर्दै अधिकारीहरूलाई पक्राउ गर्दा कडाइ गर्न र वारेन्टबिना घरभित्र नपस्न निर्देशन दिएको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले अदालत परिसरमा हुने पक्राउ घटाउन र बिना वारेन्ट घरभित्र पस्ने काम रोक्न यस्तो कदम चालेको हो। डीएचएसका दुई वरिष्ठ अधिकारी र दुई अध्यागमन वकिलले यस कुराको पुष्टि गरेका छन्। उनीहरूका अनुसार डीएचएसले आफ्ना विवादित अध्यागमन नीतिहरूलाई बिस्तारै खुकुलो बनाउँदैछ।