इरानी आक्रमणबाट खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा अर्बौं डलरको क्षति
- १२ बैशाख २०८३
- १ मिनेटको पढाई
वासिङ्टन – फारसको खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र अन्य उपकरणमा इरानी आक्रमणबाट व्यापक क्षति पुगेको छ। तीन अमेरिकी अधिकारी, अमेरिकी कङ्ग्रेसका दुई सहयोगी र क्षतिको बारेमा जानकार अर्का एक व्यक्तिले यो कुरा बताए।
उनीहरूका अनुसार, सार्वजनिक रूपमा स्वीकार गरिएको भन्दा क्षतिको अवस्था निकै गम्भीर छ। भत्किएका यी सैन्य संरचना र उपकरण मर्मत गर्न मात्रै अर्बौं डलर खर्च हुने अनुमान गरिएको छ।