२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

होर्मुज जलमार्गमा फसेका जहाज निकाल्न ट्रम्पले सेना पठाउने, इरानले दियो आक्रमणको चेतावनी

होर्मुज जलमार्गमा फसेका जहाज निकाल्न ट्रम्पले सेना पठाउने, इरानले दियो आक्रमणको चेतावनी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा फसेका जहाज निकाल्न सेना पठाउने निर्णय गरेपछि इरानले कडा चेतावनी दिएको छ। अमेरिकी सेना सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने इरानले बताएको छ।

गत फेब्रुअरीदेखि सुरु भएको अमेरिका र इरानबीचको युद्धका कारण त्यहाँ करिब दुई हजार जहाज र २० हजार नाविक फसेका छन्। जहाजहरूमा खानाको अभाव हुन थालेकाले ट्रम्पले मानवीय सहयोगका लागि सोमबारदेखि सेना पठाउने बताए।

इरानको विदेश मन्त्रालयले होर्मुज जलमार्गको सुरक्षा गर्ने जिम्मा आफ्नो भएको दाबी गरेको छ। कुनै पनि विदेशी सेना त्यहाँ प्रवेश गरे त्यसलाई आक्रमणको रूपमा लिने इरानको भनाइ छ। यसैबीच, जलमार्गमा पस्न खोजेको एउटा अमेरिकी युद्धपोतलाई आफूले रोकेको इरानी सेनाले दाबी गरेको छ। तर अमेरिकी सेनाले भने आफ्नो आगामी रणनीति तयार गरिरहेको बताएको छ।