न्युयोर्कमा सांसद पुकार बमसँग प्रवासी नेपालीको छलफल हुँदै
- २६ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कमा ‘हामी नेपाली इन्टरनेसनल’ संस्थाले प्रवासी नेपालीहरूसँग विशेष छलफल कार्यक्रम आयोजना गर्दैछ। आउँदो मे १३ तारिख, बुधबारका दिन हुने उक्त कार्यक्रममा नेपालका सांसद पुकार बम सहभागी हुनेछन्।
न्युयोर्कको ज्याक्सन हाइटस्थित ज्याक्सन मार्केटमा साँझ ५:३० बजेदेखि ७:३० बजेसम्म कार्यक्रम चल्नेछ। यस छलफलमा विशेषगरी विदेशमा रहेका नेपाली नागरिकको पहिचान, समाजमा उनीहरूको घुलमिल, नेपालमा लगानी र दोहोरो नागरिकताको विषयमा कुराकानी हुनेछ।
‘नेपाल र नेपालीको लागि – हामी नेपाली’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्ने आयोजकले जनाएको छ। कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा नवराज केसीलाई सम्पर्क गर्न सकिनेछ।
