क्षेत्रीय तनावका बाबजुद टर्कीको खाद्य आपूर्ति सुरक्षित छ: राष्ट्रपति एर्दोगान
- ३० बैशाख २०८३
- १ मिनेटको पढाई
टर्की- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षेत्रीय द्वन्द्व र तनाव भए पनि टर्कीमा कृषि उत्पादन र खाद्य आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।
राजधानी अंकारामा आयोजित ‘विश्व किसान दिवस’ कार्यक्रममा बोल्दै उनले छिमेकी इरान र खाडी देशहरुमा देखिएको संकटले टर्कीको कृषि क्षेत्रलाई असर गर्न नदिन सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिए।
सरकारको राम्रो योजना र किसान लक्षित नीतिका कारण टर्कीले अहिले खाद्य सुरक्षाको कुनै पनि चुनौती सामना गर्नु नपर्ने उनले प्रष्ट पारे। क्षेत्रीय अस्थिरताका बीच पनि देशको कृषि प्रणालीलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।