२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरानी विमान सैन्य प्रयोजनका लागि नभएको पाकिस्तानको प्रस्टीकरण

इरानी विमान सैन्य प्रयोजनका लागि नभएको पाकिस्तानको प्रस्टीकरण

पाकिस्तान- पाकिस्तानले नूर खान एयरबेसमा इरानी विमानहरू सैन्य प्रयोजनका लागि राखिएको भन्ने सञ्चारमाध्यमको खबरलाई झुटो भनेको छ। मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकाल्दै यस्ता दाबीहरूलाई तथ्यहीन र काल्पनिक बताएको हो।

मन्त्रालयका अनुसार, इरानी र अमेरिकी विमानहरू युद्धविराम र इस्लामाबाद वार्ताका लागि कूटनीतिक तथा प्रशासनिक कर्मचारी र सुरक्षा टोली बोकेर पाकिस्तान आएका हुन्।

आगामी दिनमा हुन सक्ने थप छलफललाई ध्यानमा राखेर केही विमान र सहयोगी कर्मचारीहरूलाई अस्थायी रूपमा पाकिस्तानमै राखिएको छ। औपचारिक वार्तामा केही समय अवरोध आए पनि इरानी विदेशमन्त्रीको भ्रमणलगायत कूटनीतिक संवादहरू भने चलिरहेको मन्त्रालयले जनाएको छ।

साथै, पाकिस्तानले क्षेत्रीय शान्ति, स्थिरता र संवादप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको दोहोर्‍याएको छ।