२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इन्धन महँगिएको विरोधमा फ्रान्समा किसानको प्रदर्शन

इन्धन महँगिएको विरोधमा फ्रान्समा किसानको प्रदर्शन

लियोन- फ्रान्सको लियोन सहरको दक्षिणी क्षेत्रमा रहेको एक मुख्य तेल रिफाइनरी बाहिर किसानले इन्धनको मूल्य बढेको विरोधमा प्रदर्शन गरेका छन्। खेतीपातीमा प्रयोग हुने डिजेल महँगो भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

स्थानीय प्रशासनले सो औद्योगिक क्षेत्र वरपर प्रदर्शन गर्न रोक लगाए पनि ‘कोअर्डिनेशन रुराले’ नामक किसान सङ्गठनको आह्वानमा आन्दोलन भएको हो। प्रदर्शनमा सहभागी किसान पियरे ग्रेनोइलरले इन्धनको मूल्य बढाउनु गलत भएको र यसले आम उपभोक्तालाई मारमा पारेको बताए।

प्रशासनले सुरक्षाको कारण देखाउँदै रोक लगाए पनि किसानले अवरोध गरेपछि फेइजिन रिफाइनरी वरपर ठूलो सङ्ख्यामा प्रहरी र दङ्गा नियन्त्रण गर्ने टोली खटाइएको छ। फ्रान्समा पछिल्लो समय कृषिको लागत बढेको भन्दै किसानले पटक-पटक विरोध गर्दै आएका छन्।