२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

पाकिस्तानमा प्रहरीको गाडी लक्षित बम विस्फोट, ७ जनाको मृत्यु

पाकिस्तानमा प्रहरीको गाडी लक्षित बम विस्फोट, ७ जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ। लक्की मारवत जिल्लामा भएको यो शक्तिशाली विस्फोटमा दुई प्रहरी र पाँच जना सर्वसाधारण मारिएका छन्।

प्रहरीका अनुसार नियमित गस्तीमा रहेको गाडीलाई लक्षित गरी भीडभाड भएको बजारमा विस्फोट गराइएको थियो। बजार क्षेत्रमा विस्फोट भएकाले धेरै सर्वसाधारण यसको चपेटामा परेका हुन्। घटनामा अरु धेरै मानिस घाइते भएका छन्।

विस्फोटपछि सुरक्षाकर्मीले सो क्षेत्रलाई घेरेर अनुसन्धान सुरु गरेका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन। प्रहरीले बम विस्फोट गराउनेहरूको खोजी तीव्र पारेको छ।