२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

विद्युतीय सवारी र हरित ऊर्जा विकासमा मलेसिया र चीनबीच सहमति

विद्युतीय सवारी र हरित ऊर्जा विकासमा मलेसिया र चीनबीच सहमति

क्वालालम्पुर- मलेसिया र चीनबीच भविष्यका सवारीसाधन र हरित ऊर्जाको विकासमा मिलेर काम गर्ने सहमति भएको छ। यसै विषयमा मंगलबार मलेसियाको राजधानी क्वालालम्पुरमा विद्युतीय सवारी, ब्याट्री र नयाँ ऊर्जासम्बन्धी विशेष कार्यक्रम सम्पन्न भयो।

मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले उद्घाटन गरेको उक्त कार्यक्रममा दिगो सवारी र हरित ऊर्जातर्फ मलेसियाको लक्ष्यबारे छलफल भयो। मलेसियाले यो क्षेत्रमा द्रुत गतिमा काम अघि बढाउन खोजे पनि त्यहाँ सीपयुक्त कामदारको अभाव देखिएको छ। उद्योगको माग र शिक्षाबीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

यही समस्या समाधान गर्न दुई देश मिलेर ‘हरित तथा स्मार्ट सवारी सहकार्य केन्द्र’ स्थापना गर्ने भएका छन्। यसका साथै, आगामी पाँच वर्षभित्र १० हजार दक्ष कामदार उत्पादन गर्ने लक्ष्यसहित नयाँ तालिम कार्यक्रम पनि सुरु गरिनेछ।

यी कदमले मलेसियाको स्वच्छ ऊर्जा र आधुनिक सवारी उद्योगको विकास तथा नयाँ प्रविधिको प्रयोगमा मद्दत पुग्ने बताइएको छ।