२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नाउरु देशको नयाँ नाम ‘नाओएरो’ राखिने

नाउरु देशको नयाँ नाम ‘नाओएरो’ राखिने

न्युयोर्क- प्रशान्त महासागरीय टापु देश नाउरुको संसद्ले आफ्नो देशको नाम परिवर्तन गरेर ‘नाओएरो’ राख्ने प्रस्ताव पारित गरेको छ। संसद्बाट यो प्रस्ताव पास भएपछि अब अन्तिम निर्णयका लागि जनमत सङ्ग्रह गरिने सरकारले जनाएको छ।

जनमत सङ्ग्रहबाट प्रस्ताव पास भएमा देशका सबै सरकारी कामकाज, राष्ट्रिय अभिलेख र संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘नाओएरो’ नाम नै प्रयोग हुनेछ। देशको नाम फेर्ने यो प्रस्ताव राष्ट्रपति डेभिड आडेयाङले गत जनवरीमा अघि सारेका थिए।

सरकारका अनुसार ‘नाओएरो’ नामले देशको मौलिक संस्कृति र भाषालाई चिनाउँछ। विदेशीहरूले मौलिक शब्द ‘नाओएरो’ सही तरिकाले भन्न नसक्दा अपभ्रंश भएर ‘नाउरु’ नाम चलनमा आएको सरकारको भनाइ छ। स्थानीय भाषा र संस्कृतिलाई महत्व दिन देशको नाम परिवर्तन गर्ने कदम चालिएको हो।