२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

जेरोम पावेल बने अमेरिकी केन्द्रीय बैंकका अन्तरिम अध्यक्ष

जेरोम पावेल बने अमेरिकी केन्द्रीय बैंकका अन्तरिम अध्यक्ष

न्युयोर्क- अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले जेरोम पावेललाई अन्तरिम अध्यक्ष नियुक्त गरेको छ। नयाँ अध्यक्ष केभिन वार्सले शपथ नलिएसम्म पावेलले नै यो जिम्मेवारी सम्हाल्नेछन्। फेडले शुक्रबार विज्ञप्ति निकाल्दै नयाँ नेतृत्व आउने बेला पुरानै अध्यक्षलाई अन्तरिम जिम्मा दिनु सामान्य चलन भएको जनाएको छ।

पावेलको अध्यक्षको रूपमा दोस्रो चार वर्षे कार्यकाल शुक्रबार सकिँदैछ। उनको ठाउँमा आउन लागेका वार्सको नाम दुई दिनअघि मात्र अमेरिकी सिनेटले पास गरेको थियो। केन्द्रीय बैंकको स्वतन्त्रता जोगाउन आफू सन् २०२८ जनवरीसम्म गभर्नरकै रूपमा रहने पावेलले बताएका छन्।

यसअघि फेडको मुख्यालय मर्मत गर्दा अनियमितता भएको भन्दै पावेलमाथि न्याय मन्त्रालयले अनुसन्धान सुरु गरेको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले छानेका उम्मेदवारहरूलाई रोक्ने चेतावनी आएपछि उक्त अनुसन्धान फेडकै आन्तरिक निकायलाई जिम्मा लगाइएको थियो।