६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आईएसआईएसका दोस्रो मुख्य कमान्डर अल-मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा

आईएसआईएसका दोस्रो मुख्य कमान्डर अल-मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको बताएका छन्। अमेरिकी र नाइजेरियाली सुरक्षा बलको संयुक्त कारबाहीमा उनी मारिएको दाबी ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत गरेका हुन्।

ट्रम्पका अनुसार अल–मिनुकीले अफ्रिकामा सुरक्षित लुक्न सक्ने ठाने पनि अमेरिकी गुप्तचर निकायले उनको गतिविधिलाई लगातार पछ्याइरहेका थिए। उनको मृत्युले आईएसआईएसको विश्वव्यापी सञ्जाल र काम गर्ने क्षमतामा ठूलो धक्का पुगेको ट्रम्पले उल्लेख गरे।

यो सैन्य कारबाही सफल पार्न सहयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारलाई धन्यवाद दिएका छन्। तर, यो कारबाहीबारे अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा नाइजेरियाली सरकारले आधिकारिक रूपमा पुष्टि गर्न भने बाँकी छ।