अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउँदा आदिवासीहरूको पवित्र स्थल भत्काइँदै
- ०३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा नयाँ पर्खाल बनाउने क्रममा आदिवासी जनजातिहरूका पुराना पवित्र र सांस्कृतिक स्थलहरू भत्काउन थालिएको छ। आदिवासी नेताहरूका अनुसार अमेरिकी सरकारका ठेकेदारहरूले निकै हतारमा पर्खाल विस्तार गर्दा उनीहरूको धार्मिक आस्थाका केन्द्रहरूमा क्षति पुर्याइरहेका छन्।
विशेष गरी कुचामा पहाड क्षेत्रमा अहिले नयाँ पर्खाल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। यो पहाडलाई स्थानीय ‘कुमेयाई’ समुदायले निकै पवित्र मान्ने गर्छन्। कुमेयाई समुदायकी एक नेता नोर्मा मेजा कालेका अनुसार यो पहाड र यहाँ पाइने पुराना जडिबुटीहरू उनीहरूको इतिहास र परम्परासँग जोडिएका छन्।
अहिले भइरहेको पर्खाल निर्माणले उनीहरूको ऐतिहासिक धरोहर र प्राकृतिक संरचनाहरू सदाका लागि संकटमा परेका छन्। सरकारले आदिवासीहरूको भावना र आस्थाको सम्मान नगरी जथाभाभी डोजर चलाएर पर्खाल उठाइरहेको भन्दै उनले चिन्ता र आक्रोश व्यक्त गरे।