६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

इराकका नयाँ प्रधानमन्त्री अल-जैदीले सम्हाले कार्यभार, आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा जोड

इराकका नयाँ प्रधानमन्त्री अल-जैदीले सम्हाले कार्यभार, आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा जोड

इराक- इराकका नयाँ प्रधानमन्त्री अली अल-जैदीले औपचारिक रूपमा आफ्नो काम सुरु गरेका छन्। पद सम्हाल्दै उनले देशमा ठुलो आर्थिक सुधार गर्ने र भ्रष्टाचार रोक्ने वाचा गरेका छन्।

देशवासीलाई सम्बोधन गर्दै उनले अबको समय सबै मिलेर देशका समस्या समाधान गर्न लाग्ने बताए। इराकको अर्थतन्त्र अब एउटै कुरामा मात्र भर नपर्ने उनको भनाइ छ। सरकारले उद्योग, कृषि, पर्यटन र लगानीका क्षेत्रलाई उकास्ने लक्ष्य राखेको उनले बताए।

सरकारी ढुकुटीको रक्षा गर्ने र सबै खाले भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने उनले स्पष्ट पारेका छन्। यसका साथै देशको सुरक्षा बलियो बनाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप राम्रो बनाउने अल-जैदीले बताए।

लामो राजनीतिक विवादपछि गत बिहीबार इराकी संसदले २३ मध्ये १४ मन्त्रीको नाम पास गरेपछि त्यहाँ नयाँ सरकार बनेको हो।