२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका नयाँ गैरआवासीय राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

बिहीबार शीतल निवासमा आयोजित समारोहमा इरान, अस्ट्रिया, रसिया र लग्जमबर्ग लगायत देशका राजदूतले राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

राजदूतहरूले आफ्नो देशको तर्फबाट राष्ट्रपतिलाई प्रमाणपत्र बुझाउने नियमित कूटनीतिक प्रक्रियाअनुसार यो कार्यक्रम भएको हो।