१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

अमेरिकी सेनाको आक्रमणमा शङ्कास्पद डुङ्गामा रहेका दुई जनाको मृत्यु

अमेरिकी सेनाको आक्रमणमा शङ्कास्पद डुङ्गामा रहेका दुई जनाको मृत्यु

न्युयोर्क- पूर्वी प्रशान्त महासागरमा बुधबार अमेरिकी सेनाले लागुऔषध तस्करीको आशंकामा एउटा डुङ्गामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ। अमेरिकी दक्षिणी कमान्डले यो घटनाको पुष्टि गरेको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै कमान्डले उक्त डुङ्गा लागुऔषध तस्करीको बाटोमा चलिरहेको बताएको छ। अवैध ओसारपसारमा संलग्न भएको गोप्य सूचना पाएपछि मात्रै कारबाही गरिएको कमान्डले जानकारी दिएको छ। यो सैन्य कारबाहीमा अमेरिकी सुरक्षा बलतर्फ भने कुनै क्षति भएको छैन।

गत सेप्टेम्बर महिनाको सुरुदेखि अमेरिकी सेनाले शङ्कास्पद लागुऔषध तस्करलाई लक्षित गर्दै दर्जनौँ हवाई हमला गर्दै आएको छ। यी शृङ्खलाबद्ध कारबाहीमा अहिलेसम्म करिब २०० जनाको ज्यान गइसकेको तथ्याङ्क छ।